लेटेस्ट न्युज
advertisement1

कालीगण्डकी नदीको बहाव २८ वर्षयताकै उच्च विन्दुमा

Maryada News 2021-06-15 16:47:57
कालीगण्डकी नदीको बहाव २८ वर्षयताकै उच्च विन्दुमा

पर्वतः कालीगण्डकी नदीको बहाव २८ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । अविरल वर्षाका कारण मुस्ताङ, म्याग्दी, पर्वत हुँदै बग्ने कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा पुगेको जनाइएको छ ।नदीको बहाव बढेपछि पर्वतको जलजला गाउँपालिकाको बगरफाँट, वारीवेनी, मिलनचोक, लस्ती, खनियाँघाट, कुश्मा नगरपालिकाको मालढुंगा, नयाँपुल, मोदीवेणी, फलेवास नगरपालिकाको जैमिनीघाट र विहादी गाउँपालिकाको सेतीवेणीबजार उच्च जोखिममा परेका छन् ।

पर्वत, स्याङजा र गुल्मीको सिमामा रहेको विश्वकै ठूलो शालिग्राम शिलासमेत डुबानमा परेको छ । वर्षा भइरहेको र कालीगण्डकीको बहाव पनि बढिरहेकोले प्रशासनले स्थानीयलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्