लेटेस्ट न्युज
advertisement1

गुटगत भेला गर्नेलाई कारबाही गर्ने एमाले संसदीय दलकाे चेतावनी

Maryada News 2021-03-18 14:35:04
गुटगत भेला गर्नेलाई कारबाही गर्ने एमाले संसदीय दलकाे चेतावनी

काठमाडाैंः नेकपा एमालेकाे जारी संसदीय दलकाे बैठकले गुटगत भेला गर्ने नेतालाई कारबाही गर्ने चेतावनी दिएकाे छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले आत्मालोचनासहित संसदीय दल र पार्टीको विभिन्न कार्यक्रममा सहभागी हुनसमेत सांसदहरूलाई आह्वान गर्दै अन्यथा विधान अनुसार स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनी दिएकाे हाे।

यस्तै बैठकले पार्टीकाे आधिकारीक पदाधिकारी बाहेकबाट आएकाे सूचनालाई अवज्ञा गर्न सांसदहरूलाई आह्वानसमेत गरेकाे छ। 

माधव नेपाल पक्षका लालबाबू पण्डित, तुलसी  थापा, नन्दा चपाइ, गंगा चौधरी, माया ज्ञवाली, सबिना हुसियन, गोपाल बम र बिष्णु शर्मा सहभागी भएको बताइएकाे छ। सहभागी भएका सांसदहरूले अबदेखि बैठकमा भाग लिनेसमेत बताएका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्