लेटेस्ट न्युज
advertisement1

जापानको फुकुशिमामा ५.३ म्याग्नीच्यूडको भूकम्प    

Maryada News 2021-03-17 16:32:40
जापानको फुकुशिमामा ५.३ म्याग्नीच्यूडको भूकम्प    

टोकियो : जापानको फुकुशिमा प्रिफेक्चर नजिक बुधबार ५.३ म्याग्नीच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार उक्त भूकम्प स्थानीय समय अनुसार साँझ ५:२९ बजे गएको थियो ।

भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराईमा रहेको थियो । भूकम्पका कारण जापानको सामुद्रिक इलाकामा कुनै सुनामी आइहाल्ने अवस्था नदेखिएको पनि विभागले जनाएको छ ।     
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्