लेटेस्ट न्युज
advertisement1

महानगरमै विद्यार्थी भुइँमा बसेर पढ्न बाध्य

Maryada News 2021-03-17 11:12:17
महानगरमै विद्यार्थी भुइँमा बसेर पढ्न बाध्य

चितवनः भरतपुर महानगरपालिका–४ को श्री राष्ट्रिय आधारभूत विद्यालयमा विद्यार्थीहरू कक्षाकोठा अभावमा  भुइँमा बसेर पढ्न बाध्य भएका छन्। नर्सरीमा पढ्ने बालबालिकालाई भुइँमा नै राखेर पढाउने गरिएको हो।

विद्यालयका प्रधानाध्यापक धीरबहादुर थापा भन्छन्- “नर्सरीका विद्यार्थीलाई चौरमा नै राखेर पढाएका छौँ, कोठा नै पुग्दैन, भुइँमा राख्न बाध्य छौँ।”

विसं २०२४ मा बनाइएको विद्यालय भवन जीर्ण भइसकेको छ। “भवनको छतबाट प्लास्टर उप्किएको छ। कक्षाकोठाका भित्ता चिराचिरा परेका छन्। शिक्षक वा विद्यार्थी को–को घाइते हुने हुन् भनेर सधैँ मनमा त्रास भइरहन्छ”, प्रअ थापाले भने।

विद्यालयमा हाल कक्षा ७ सम्म पढाइ भइरहेको छ। विद्यालयमा तीन जनाको मात्रै सरकारी दरबन्दी छ। चार निजी स्रोतका शिक्षक छन्। आन्तरिक स्रोत नहुँदा उनीहरुलाई तलब दिन धौधौ छ।

विद्यार्थीसँग उठाउने सामान्य रकम, विभिन्न दाताको सहयोगबाटै शिक्षकलाई जति सकिन्छ उति तलब दिने गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम सापकोटाले बताए। “शिक्षकहरुलाई भनेजति तलब दिने स्रोत नै छैन, सहयोग गर्नुस् भनेर अत्यन्तै कम रकममा काम लगाएका छौँ, यसोभन्दा मलाई निकै दुःख लाग्छ”, अध्यक्ष सापकोटाले भने।

गत वर्ष भरतपुर महानगरपालिकाले दरबन्दी विद्यार्थी कम भएको भनेर दुई जनाको कटौती गरेको थियो। काटेको दरबन्दी विद्यार्थी सङ्ख्याका आधारमा फिर्ता गर्न भनेर आग्रह गर्दा पनि महानगरको शिक्षा शाखाले नसुनेको गुनासो विद्यालयको छ।

भरतपुर महानगरका शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलले विद्यालयको समस्याबारे जानकार रहेको र आगामी वर्षको बजेटमा भवन बनाउने रकम राखिने बताए। विद्यालयको एक बिघा नौ धुर जग्गा छ। यसको उपयोग गरेर आन्तरिक आम्दानी हुन थालेपछि विद्यालयमा नेतृत्व हत्याउन भने तँछाडमछाड हुने गरेको अध्यक्ष सापकोटा बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्