लेटेस्ट न्युज
advertisement1

माधव नेपाल पक्षले राख्याे पदाधिकारी खारेजी रद्द हुनुपर्ने माग

Maryada News 2021-03-15 15:18:02
माधव नेपाल पक्षले राख्याे पदाधिकारी खारेजी रद्द हुनुपर्ने माग

काठमाडाैंः नेकपा एमालेकाे ओली र नेपाल पक्षबीच भएकाे छलफलमा नेपाल पक्षले पदाधिकारी खारेजी रद्द हुनुपर्ने माग अघि सारेकाे छ। गत फागुन २८ मा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष र महासचिव बाहेकका सम्पूर्ण पदाधिकारी खारेज गरेका थिए।

आज भएकाे छलफलमा माधव नेपाल समूहले सम्पूर्ण पदाधिकारीकाे पुनर्वहाली हुनुपर्ने माग अघि सारेका हुन्। 

यद्यपि पार्टी अध्यक्ष केपी शर्मा ओली साे मागप्रति सहमत भइसकेका छैनन्। दुबै पक्ष आआफ्नै मागमा अडिएपछि आजकाे छलफल टुंगाे नलाग्दै स्थगित भएकाे छ।

आगामी छलफल कहिले बस्नेसमेत टुंगाे लागेकाे छैन। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्