लेटेस्ट न्युज
advertisement1

देशलाई दुई दलीय शासनतर्फ लान खोजियो, अधिनायक तर्फ जाने संकेत: प्रचण्ड

Maryada News 2024-09-04 17:50:37
देशलाई दुई दलीय शासनतर्फ लान खोजियो, अधिनायक तर्फ जाने संकेत:  प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशलाई दुई दलीय शासनतिर लैजान खोजिएको भन्दै त्यसलाई रोक्न जनतालाई सुसूचित गर्नुपर्ने बताएका छन्। 

बुधबार पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठक समापनको क्रममा बोल्दै अध्यक्ष प्रचण्डले देशलाई दुई दलीय शासनतिर लान खोजिएको दाबी गरे। 

 ‘लोकतान्त्रिक मूल्य, मान्यता, आदर्श पनि कमजोर हुँदै गइराखेको छ। दुई दलीय शासनतिर देशलाई लान खोजिएको छ। त्यसले अधिनायकवादतिर लाने संकेत देखा परेको छ। पश्चगमनतिर जान खोजेको छ। त्यसलाई रोक्नका लागि जनतालाई सुसुचित गर्नुपर्छ। प्रशिक्षित गर्नुपर्छ। पार्टी एकताबद्ध भएर अगाडी बढ्नुपर्छ भन्ने निर्णय भएको छ,’ अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै प्रवक्ता सापकोटाले भने।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रवक्ता सापकोटाले सबै प्रतिपक्षलाई समाहित गर्दै अघि बढ्नुपर्ने बताएको जानकारी दिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्