काठमाडौं : मालपोत कार्यालय लहान शाखामा भएको बम बिस्फोटमा परी घाइते भएका धनगडी नगरपालिका–४ का ३० वर्षीय दिनेश भण्डारीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको छ ।
घाइते भण्डारीको थप उपचारको लागि काठमाण्डौ ल्याइएको हो । अन्य सात जनाको उपचार भने लहानस्थित रामकुमार उमा प्रसाद स्मारक अस्पताल र सप्तऋषि अस्पतालमा भइरहेको जिल्ला प्रहरी
कार्यालय लहानले जनाएको छ ।
कार्यालयमा आइतबार दिउँसो एक बजेको समयमा सैवाग्राहीको चाप रहेको समयमा विष्फोट भएको कुकर बममा मोबाइलबाट समय मिलाएर विष्फोट गराएको थियो । यस्तै बम विष्फोटका कारण कार्यालय भवनको दोश्रो ताला चर्किएको छ ।
तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समुहकाे दोश्रो तहका नेता राम विलास यादवले आइतवार १० बजे जिल्ला प्रशासन कार्यालय सिरहामा आत्मसम्पर्ण गरेकै दिन लहानमा विष्फोट हुनुले मोर्चाले आक्रोस पोखेको हुन सक्ने प्रहरीको अनुमान छ ।
विष्फोटबाट मालपोत कार्यालय लहानका नायव सुब्बा शिव कुमार यादव, गोलबजार नगरपालिका–६ लक्ष्मी राना मगर,बेचनी मगर,गोलबजार–४ फूल कुमारी ठाकुर, लहान–१६ का लालबाबु विक,धनगडीमाई नगरपालिका –१३ का भोलाबहादुर मगर घाइते भएका छन् ।
प्रतिक्रिया