लेटेस्ट न्युज
advertisement1

भारतले धौलीगंगा बाँधका ढोका खोल्दै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

Maryada News 2021-08-25 21:03:12
भारतले धौलीगंगा बाँधका ढोका खोल्दै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

दार्चुला : भारतले धार्चुला तहशिलको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँधका ढोकाहरु खोल्ने भएको छ । बाँधका ढोकाहरु खोलिने भएकाले महाकाली नदीमा पानीको सतह बढ्ने भन्दै तटीय क्षेत्रमा सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

ड्याम सरसफाईका लागि बाँधका ढोकाहरु खोलिन लागेको जानकारी भारतको एनएचपीसी लिमिटेडले जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । एनएचपीसीले बाँध खोल्नेबारे पत्राचार गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए ।

विहीबार बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म बाँधका ढोका खोलिने उनले बताए । २०७० सालमा भारतले नेपाली पक्षलाई जानकारी नदिएर बाँधका ढोका खोल्दा दार्चुला सदरमुकाम खलंगामा बाढी आएर ठूलो क्षति पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्