धनुषाः विचाैलियासँग मिलेर घुस लिँदै गर्दा आन्तरिक राजस्व कार्यालय जनकपुरका कर अधिकृत घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे बर्दिवासस्थित क्षेत्रिय कार्यालयकाे टाेलीले सेवाग्राहीबाट १ लाख ५० हजार रूपैयाँ घुस लिँदै गर्दा कर अधिकृत रमेश ढकाल र विचौलिया नवीन कर्णलाई पक्राउ गरेकाे हाे।
प्रदेश नंम्बर २ काे राजधानी जनकपुरमा रहेकाे अन्नपूर्ण होटेलमा बसेर सेवाग्राहीसँग घुस लिँदै गर्दा बुधबार साँझ दुबैलाई रंगेहात पक्राउ गरिएकाे हाे।
पक्राउ परेका दुबैले एक डिष्टिलरी उद्योगीसँग कर वापतको रकम मिलाइदिने भन्दै घुस लिएको अख्तियारका अधिकारीहरुको भनाइ छ।
पक्राउ परेका दुबै जनाविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
प्रतिक्रिया