काठमाडाैंः प्रतिनिधि सभाकाे पुनःस्थापना पछिकाे पहिलाे बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विराेध तथा नाराबाजी गरेकाे छ। संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोधमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रतिनिधिसभामा नाराबाजी गरेको हाे।
नेपाली कांग्रेसकाे असहमतिकाबीच सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश संसद्मा पेस गरेपछि कांग्रेस सांसदहरुले उठेर विरोध गर्दै नाराबाजी गरेका हुन्।
बैठकमा कांग्रेस सांसदहरूले नाराबाजी गरेपछि जनता समाजवादी पार्टीका सांसदहरुले पनि उठेर साथ दिएका छन्।
प्रतिक्रिया