लेटेस्ट न्युज
advertisement1

विप्लवलाई आफ्नो पार्टीमा स्वागत गर्न प्रतिक्षारत रहेको प्रचण्डको भनाई

Maryada News 2021-03-06 21:31:07
विप्लवलाई आफ्नो पार्टीमा स्वागत गर्न प्रतिक्षारत रहेको प्रचण्डको भनाई

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई पार्टीमा स्वागत गर्न आफू आतुर रहेको बताएका छन्। शनिवार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै प्रचण्डले विप्लवलाई पनि यस्तै कार्यक्रममार्फत स्वागत गर्न प्रतिक्षारत रहेको बताए। 

‘यहाँ विप्लवजीसँग सम्बन्धित कमरेडहरु पनि जोडिनुभयो, आज म तपाईहरुलाई पनि धन्यबाद भन्न चाहन्छु र विप्लवलाई पनि, अन्तत्वगत्तो पार्टीकै बाटोमा, मेले नै कोरोको गोरेटोमा आइपुग्नुभएको छ, उनले भने ‘यसर्थमा उहाँ (विप्लव)लाई पनि धन्यवाद भन्न चाहन्छु।’

सरकारले विप्लवलाई शान्तिपुर्ण राजनीतिमा ल्याउने सहमति गरेको भोलीपल्टै प्रचण्डले विप्लवलाई आफुसँगै आउनुपर्ने अवस्था आउँछ भनेर धेरै पटक भन्दै आएको उल्लेख गरे। ‘मैले जहाँसम्म उहाँलाई जानेको छु, बुझेको छु, चिनेको छु, अन्तत उहाँ (विप्लव) यही ठाउँमा, यही लाइनमा, यही टिममा आउनै पर्छ, मैले धेरै पहिले भनेको थिए।’ प्रचण्डले अगाडि भने ‘जतिबेला उहाँ मबाट अलगिनुभयो, एउटा दिन आउनेछ जुन दिन तपाई यहाँ हुनुहुनेछ भनेको थिए।’

आफुले एउटै कालखण्डमा दुईटा प्रचण्ड हुनै नसक्ने बताउँदै आएको पनि दोहो¥याए। सम्बोधनका क्रममा प्रचण्डले थपे ‘मैले भनेकै थिए, अर्को प्रचण्ड अहिले हुदैन, एउटा मात्रै प्रचण्ड हुन्छ, एउटा कालखण्डमा, इतिहाँसमा, एउटा प्रकृयामा दुईटा पात्र एकैपटक हुदैन।’ 

आफूले नेतृत्व गरेको पार्टी र आन्दोलनबाट विभिन्न कालखण्डमा धेरै साथीहरु अलग भएको उल्लेख गर्दै प्रचण्डले केहि साथीहरु फेरि एउटै ठाउँमा आइपुगेको पनि बताए। 

हिन्दीको एउटा उखान उल्लेख गर्दै उनले विहान छुटेका साथीहरु बेलुकी घर आए जस्तो तत्कालिन माओबादीका साथीहरु आफैकहाँ आएको बताएका थिए।

कार्यक्रममा विमल अधिकारी नेतृत्वको नेकपा माओवादी समायोजित हुनुका साथै विप्लव नेतृत्वको नेकपाका दीप तामाङको समूह प्रचण्ड-माधव नेतृत्वको नेकपामा प्रवेश गरेको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्