लेटेस्ट न्युज
advertisement1

नेपालको जीडीपीमा १४ दशमलव शून्य ७ प्रतिशतको वृद्धि

Maryada News 2021-03-05 08:59:18
नेपालको जीडीपीमा १४ दशमलव शून्य ७ प्रतिशतको वृद्धि

काठमाडौं : नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा बृद्धि भएको छ। नयाँ आधार वर्ष अनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा १४ दशमलव शून्य ७ प्रतिशतको वृद्धि देखिएको हो।

नेपालमा यसअघि सन् २०००-२००१ लाई आधार वर्ष मानेर राष्ट्रिय लेखा तथ्याङ्कहरु तयार पार्ने गरिएको थियो । चालु आवबाट सरकारले उक्त वर्षमा परिमार्जन गर्दै नयाँ आधार वर्ष तय गरेको छ।

तथ्यांक विभागले राष्ट्रिय लेखा तथ्यांकको गणनाको आधार वर्षमा परिमार्जन गरी बिहीबार सार्वजनिक गरेको आकडाअनुसार नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब ६६ करोड पुगेको छ।

गणनाको आधार वर्षमा परिमार्जन गर्दा नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब ६६ करोड पुगेको विभागका निर्देशक हेमराज रेग्मीले जानकारी दिए। नेपालले हरेक १०-१० वर्षमा आधार वर्ष परिवर्तन गर्दै आएको छ।

नेपालले विगतमा सन् १९६४-६५, सन् १९८४-८५, सन् १९९४-९५ र २०००-२००१ मा आधार वर्ष मानेर लेखा तयार पारेको थियो। चालु आर्थिक वर्षबाट सरकारले सन् २०१०-११ लाई आधार वर्षका रुपमा मानेको छ।

अहिले भएको परिवर्तन पाँचौं हो। नेपालमा जनगणना, कृषि गणनादेखि अधिकांश गणना १०-१० वर्षको अवधिमा हुनेगर्दछ।  विभागका अनुसार आधार वर्षमा गरिएको परिवर्तनका कारण अर्थतन्त्रका नयाँ-नयाँ गतिविधिहरु पनि राष्ट्रिय लेखामा आवद्ध हुन पाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्