सप्तरी : जिल्लाको खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ। एक्काइस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक वर्षदेखि फरार उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिएको हो।
उनीमाथि आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिएका छन्।
आमासँगै जिल्ला प्रहरी कार्यालय पुगेकी पीडितले दिएको उजूरी जिल्ला प्रहरी कार्यालयले गत माघ ९ गते दर्ता गरेको थियो। खडक–६ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको आँपका बगैँचामा गत फागुन १० गते आरोपितले बलात्कार गरेको पीडितले बताएकी छन्।
प्रतिक्रिया