काठमाडाैंः अष्ट्रेलियाले कोभिड-१९ विरुद्धको प्रतिकार्यका लागि नेपाल सरकारलाई रू ६३ करोड ५० लाख उपलब्ध गराउने भएको छ। नेपालस्थित अष्ट्रेलियाली राजदूतावासका अनुसार अक्सिजनसहितका स्वास्थ्य सामग्री खरिद गर्न उक्त रकम प्रदान गरिने छ।
प्रादेशिक अस्पताल र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा उपकरण खरिद गर्न पनि सहयाेग रकम प्रदान गरिएको दूतावासले जनाएकाे छ।
नेपालका स्थानीय तहमा आम नेपालीबीच कार्यरत अमेरिकी, बेलायती, जापानी र राष्ट्रसङ्घीय निकायमार्फत् सहायता परिचालन गरिने दूतवासले बताएको छ।
प्रतिक्रिया