लेटेस्ट न्युज
advertisement1

सेयर बजारप्रति बढ्दो आकर्षण : ३० लाख बढीले खोले डिम्याट खाता

Maryada News 2021-03-03 21:40:54
सेयर बजारप्रति बढ्दो आकर्षण : ३० लाख बढीले खोले डिम्याट खाता

काठमाडौं : नेपालमा पछिल्लो समय सेयर बजारप्रतिको आकर्षण बढ्दै गएको पाईएको छ ।  दैनिक रुपमा सेयर बजारमा प्रवेश गर्नेहरुको संख्याले पनि यही पुष्टि गर्छ । हरेक महिना सेयर कारोबार गर्न आवश्यक पर्ने डिम्याट खाता खोल्नेको तथ्यांक बढिरहेको छ ।  

बुधबासम्मा ३० लाख ४१ हजार ६ सय ९८ ले डिम्याट एकाउन्ट लिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।सेयर बजारमा प्रवेश गर्न डिम्याट खाता अनिवार्य छ । सेयर प्रमाणपत्र तथा अन्य धितोपत्रलाई कुनै बैङ्कमा खाता खोलेर जम्मा गर्नुलाई सेयर अभौतिकीकरण अथवा डिम्याट गर्नु भनिन्छ ।

यस्तो खातालाई हितग्राही खाता पनि भनिन्छ । आफूसँग भएको भौतिक सेयर प्रमाणपत्रलाई डिम्याट गराएपछि आफूसँग सेयर प्रमाणपत्रको कागज चाहिँदैन, त्यो बैंकमा रहेको डिम्याट खातामा हुन्छ । सामान्य अर्थमा भन्नुपलर्दा सेयर जम्मा गर्ने खाता नै डिम्याट खाता हो । बैंक खातामा पैसा जम्मा गरिन्छ भने डिम्याट खातामा सेयर जम्मा गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्