एजेन्सी : कोरोना संक्रमणबाट बंगलादेका ख्यातीप्राप्त गायक जाने-आलमको निधन भएको छ । मंगलबार राती करिब १० बजे गायक आलमको ६५ वर्षको उमेरमा ढाकास्थित बंगबन्धु शेखमुजिब मेडिकल अस्पतालमा निधन भएको हो ।
उनी कोभिड-१९ बाट प्रभावित भई १ महिनादेखि अस्पतालमा उपचाररत थिए। उनलाई निमोनिया पनि भएको थियो। भेण्टिलेटरमा राखेपछि उनको निधन भएको थियो । उनले झण्डै ४ हजार गीतमा आवाज दिएका छन् ।
प्रतिक्रिया