विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएका छन्।
विवादस्पद प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडिओ कलमार्फत कसैले देखाएको कागजात सार्वजनिक गरेका हुन्। प्रमाण भन्दै सार्वजनिक गरिएको स्क्रिनसट पत्यारिलो नदेखिए पनि त्यसैलाई आधारमा मानेर कतिपयले समाचारकै रुपमा प्रस्तुत गरिरहेका छन भने मंगलबार दिउँसोदेखि सामाजिक सञ्जालमा त्यही स्क्रीन सट सेयर भइरहेको छ।
प्रधानमन्त्री ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको र त्यसैको ‘तथ्य प्रमाण’ भन्दै सेयर गरिएको उक्त स्क्रिनसटलाई केही सञ्चारमाध्यमले समाचारकै रूपमा प्रस्तुत समेत गरेका छन्।
यसैवीच दुर्गा प्रसाई पक्राउ परेका छन। उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।
केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले जानकारी दिए । उनीमाथि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ ।फौजदारी कसुरमा दुई महिनाभित्र दोस्रोपटक पक्राउ परेका दुर्गा प्रसाईंमाथि लिखत सम्बन्धी कसुर किर्ते र विद्युतीय कारोबारसम्बन्धी अपराध ९साइबर क्राइम० मा अनुसन्धान हुने भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोलीले प्रसाईंलाई भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको छ। सीआईबीले साइबर ब्युरोमा बुझाउने तयारी गरिरहेको छ।
प्रतिक्रिया
Drusilla
2024-11-24 18:15:50Hey there, well put together webpage you've presently. https://www.oferujemyprace.pl