बाँकेकी निर्मलादेवी कुर्मीलाई अपहरण गरी बेपत्ता पारेको आरोप लागेका लुम्बिनी प्रदेशका मन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन्। उनी गत साउन ९ गते मन्त्री बनेका थिए।
मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारमा उनले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका थिए।
जानकी गाउँपालिका परस्पुरकी कुर्मीलाई बादशाहकै निर्देशनमा अपहरण र बेपत्ता पारिएको भनी आफन्त र अधिकारकर्मी आन्दोलित छन्।सरकारी प्रतिवेदनबाट पनि बादशाह दोषी देखिएको दाबी उनीहरूले गरेका छन्।
बादशाह नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सांसद हुन्। चौतर्फी विरोध भएपछि उनले मंगलबार पदबाट राजीनामा दिएका हुन्।
कुर्मीलाई कारवाही तथा पदवाट राजिनमाको माग गदै माईतीघरमा आन्दोलन समेत जारी छ।
प्रतिक्रिया