काठमाडाैंः नेकपा माओवादी केन्द्रले चारजना प्रतिनिधि सभा सदस्यलाई पदमुक्त गरेकाे छ। माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका चारजना प्रतिनिधि सभाका सदस्यलाई बिहीबार पदमुक्त गरेकाे हाे।
पदमुक्त हुने सांसदहरूमा अर्घाखाँची १ बाट निर्वाचित टाेपबहादुर रायमाझी, कैलाली ४ बाट निर्वाचित लेखराज भट्ट, राैतहट ३ बाट निर्वाचित प्रभु साह र कैलाली ३ बाट निर्वाचित गाैरीशंकर चाैधरी रहेका छन्।
यसअघि नै माओवादी केन्द्रले चार सांसदलाई पदमुक्त गर्ने निर्णय गरे पनि आज प्रतिनिधि सभाकाे बैठकमार्फत सभामुख अग्निप्रसाद सापकाेटाले औपचारिक रुपमै उनीहरूकाे सांसद पद रिक्त भएकाे जानकारी गराएका हुन्।
चारैजना माओवादी केन्द्र परित्याग गर्दै एमाले प्रवेश गरिसकेका छन् भने चारैजना एमालेकाे केपी ओली समूहतर्फबाट मन्त्री पदमा आसिन छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चारजना सांसदलाई कारवाही गरिएको पत्र संसद सचिवालयलाई पठाएका थिए।
प्रतिनिधि सभाकाे सदस्य नभएकाे व्यक्ति वा पदमुक्त गरिएका सांसद ६ महिनामात्रै मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था रहेकाे छ। उनीहरूलाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ (१) बमोजिम पद रिक्त भएको घोषणा गरिएको हो।
प्रतिक्रिया