लेटेस्ट न्युज
advertisement1

मैले नेता हुन अझै बाँकी रहेछ: उपप्रधानमन्त्री खड्का

Maryada News 2024-01-27 21:03:33
मैले नेता हुन अझै बाँकी रहेछ: उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री तथा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले आफूले अहिलेसम्म आक्षेपको राजनीति नगरेको बताएका छन्।

शनिबार काठमाडौंमा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालको अनुसन्धानमूलक पुस्तक 'फल्स फ्रन्ट पेज' सार्वजनिक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री खड्काले अहिलेसम्म आफूले कसैमाथि पनि आक्षेप नलगाएको बताएका हुन्।

उनले सामाजिक सञ्जालदेखि सार्वजनिक कार्यक्रमा बोल्दापनि कसैमाथि आक्षेप लगाएर अभिव्यक्ति नदिएको बताए।

 ‘सामाजिक सञ्जालमा दोहोरी गर्ने, आक्षेपको राजनीति गर्ने, टकरावको राजनीति गर्ने अहिलेसम्म त्यतापट्टि पुगेको छैन । त्यसैले मैले नेता हुन अझै बाँकी रहेछ भन्ने लाग्यो,’ उनले भने।

कार्यक्रममा एक वक्ताले सामाजिक सञ्जालदेखि सार्वजनिक कार्यक्रममा पनि एकअर्कामाथि आक्षेप लगाउने दोहोरी खेल्ने नेताहरूको प्रवृत्ति नबदलिएको बताएका थिए। 
अढाई दशकदेखि पत्रकारितामा सक्रिय सेजुवालले पुस्तकमा नेपाली पत्रकारिताको अभ्यासका क्रममा मोफसलमा भएका पत्रपत्रिकाहरुले गरेका कमजोरीहरुलाई केलाएका छन् । मुलत: पुस्तकमा अखबारका पहिलो पृष्ठमा हुने कमजोरीहरुलाई उठाएको छ ।

लेखक सेजुवालले पत्रकारिताको अभ्यासका क्रममा आफूले भोगेका, देखेका विषयवस्तुलाई सजीव ढङ्गले पुस्तकमा प्रस्तुत गर्ने प्रयास गरेको बताए ।

प्रेस फ्रिडम मिडिया प्रालिले प्रकाशन गरेको उक्त पुस्तकको मूल्य पाँच सय रुपैयाँ छ । पुस्तक बिक्रीबापत भएको आम्दानीको ५० प्रतिशत रकम खोज पत्रकारितामा हौसला प्रदान गर्नका लागि प्रयोग गरिने लेखक सेजुवालले बताए । उनले प्रदेश पत्रकारिता पुरस्कार स्थापनाका लागि अक्षयकोष स्थापना गरिने समेत घोषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्