सोलुखुम्बु : सोलुखुम्बुको सोताङ ५ स्थित सृजनशील युवा क्लबले भवन निर्माणका लागि जग्गा खरिद गरेको छ । देउसी भैलो कार्यक्रम आयोजना गरि संस्थाले एक रोपनी जग्गा खरिद गरेको सस्थाका अध्यक्ष मिलन नाछिरिङले जानकारी दिए ।
राईले नेतृत्व सम्हालेको लगभग ४ महिनाको अवधिमा २ रोपनी जग्गा संस्थाको नाममा ल्याउन सफल भएको पनि बताए । १ रोपनी सशुल्क र १ रोपनी निशुल्क गरी जम्मा २ रोपनी जग्गाको जिल्ला मालपोत कार्यालयबाट रजिष्ट्रेशन पास गरी धनीपुर्जा क्लबका नाममा ल्याउन सफल भएको उनको भनाइ छ ।
देउसी भैलो कार्यक्रमबाट जम्मा १ लाख, ५६ हजार, ७ सय ७० रुपैया संकलन गरिएको थियो । जसमा ५९ हजार २ सय ९५ खर्च भएको बताइएको छ । अध्यक्ष राईका अनुसार बचत रहेको ९७ हजार ४ सय ७५ रुपैयाँ संस्थाकै हितका निमित्त आवश्यकता अनुसार खर्च गरिने छ ।
यसैबीच, संस्थाले निशुल्क जग्गा उपलब्ध गराउने जग्गादाता सूर्य बहादुर राईलाई सम्मान गरेको छ । बुधबार देउसी भैलो कार्यक्रम समापनका दिन संस्थालाई निशुल्क एक रोपनी जग्गा उपलब्ध गराउने राईलाई सम्मानपत्रद्धारा सम्मान गरिएको अध्यक्ष नाछिरिङले बताए ।
सोही कार्यक्रममा कलाकार तथा स्वयंसेवकलाई समेत प्रशंसा पत्र सहित पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा संस्थापक सल्लाहकार संयोजक भीमराज राई, सल्लाहकार सदस्य धनकुमार बिक, युवती राई, नेकपा एमाले सोताङ गा. पा. ५ नं वडा अध्यक्ष छत्र बहादुर नाछिरिङ, क्लबका निवर्तमान अध्यक्ष मनिष नाछिरिङ, सह सचिव हिराकाजी नाछिरिङको विशेष उपस्थिति रहेको क्लबले जनाएको छ ।
प्रतिक्रिया