advertisement1

मेयर कप : झापा सेमिफाइनल पुग्ने तेस्रो टोली

Maryada News 2021-10-29 20:30:25
मेयर कप : झापा सेमिफाइनल पुग्ने तेस्रो टोली

काठमाडौँ : काठमाडौंमा जारी मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा झापा भेट्रान्स क्लब प्रवेश गरेको छ । झापाले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको तेस्रो क्वाटरफाइनलमा चितवन भेट्रान्सलाई ४–० ले पराजित गरेको हो ।

झापाको जितमा नरेन्द्रमणि लिम्बुले दुई तथा अंकुरकुमार खड्गी र रमेश गुरुङले एक–एक गोल गरे । यो जितसँगै झापा सेमिफाइनल पुग्ने तेस्रो टिम बनेको छ । 

यसअघि नेपाल आर्मी भेट्रान्स क्लब र एफई खुमलटार भेट्रान्स क्लबले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन् ।

त्यस्तै, विधागत रुपमा उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्