लेटेस्ट न्युज
advertisement1

पेनाल्टी सुटआउटमा हार्याे विश्वविजेता फ्रान्स, क्राेएसियाकाे पनि युराे कप यात्रा समाप्त

Maryada News 2021-06-29 10:52:37
पेनाल्टी सुटआउटमा हार्याे विश्वविजेता फ्रान्स, क्राेएसियाकाे पनि युराे कप यात्रा समाप्त

एजेन्सीः स्वीट्जरल्याण्ड युरो कपको क्वार्टरफाइनलमा पुगेको छ। गएराती सम्पन्न खेलमा फ्रान्सलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै स्वीट्जरल्याण्ड युरोकपको अन्तिम ८ मा पुगेको हो। 

फ्रान्स स्वीटजरल्याण्डसँग ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित हुँदै यूरो २०२० को अन्तिम १६ बाट नै बाहिरिएको हाे। स्टार खेलाडी किलियान एम्बाप्पे पेनाल्टीबाट गोल गर्न चुकेका थिए। एम्बाप्पेको प्रहारलाई स्वीटजरल्याण्डका गोलकिपरले बचाउ गरेका थिए।

यसअघि, निर्धारित ९० मिनेटकाे समयमा खेल ३–३ को बराबरीमा सकिएको थियो। खेलको १५ औँ मिनेटमा ह्यारिस सेफेरोविचले स्वीटजरल्याण्डलाई अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा विश्व विजेता फ्रान्स खेलमा फर्किएको थियो।

करिम बेन्जेमाले दुई मिनेटको अन्तरमा दुई गोल तथा पाउल पोग्बाले एक गोल गरेपछि फ्रान्सले खेलमा दुई गोलको अग्रता लिएको थियो।

खेल सकिन १० मिनेट बाँकी हुँदासम्म दुई गोलको अग्रता कायम राखेको फ्रान्सविरुद्ध स्वीटजरल्याण्डले पुनरागमन गर्यो। ८१ औँ मिनेटमा सेफेरोविचले एक गोल फर्काए भने अन्तिम मिनेटमा मारियो गाभ्रानोविचले खेल बराबरी गरे। 

खेल पेनाल्टी सुटआउटमा पुगेछि स्वीटजरल्याण्ड विजयी बन्यो। स्वीटजरल्याण्ड सन् १९५४ को विश्वकपपछि मुख्य प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको यो पहिलो अवसर हो।

यस्तै गएराति नै भएकाे क्राेएसिया र स्पेनबीचकाे खेलमा स्पेन विजयी भएकाे छ। अतिरिक्त समयमा पुगेको खेलमा स्पेनले क्रोएसियालाई ५-३ गोलअन्तरले हराएको हो।

स्पेनलाई जीत दिलाउन पाब्लो साराबियो, फेरान टोरेस, सेजार एज्पिलिक्‍वेटा, अल्भारो मोराटा र मिकेल ओएरजाबालले १-१ गोल गरेका थिए। क्रोएसियाका मिस्लाभ ओरसिच र मारियो पासालिकले गोल गर्दा एक गोल उपहार पाएको थियो।

खेलको २०औं मिनेटमा आत्मघाती गोलबाट क्रोएसियाले अग्रता लिएको थियो। पेड्रीले दिएको लामो ब्याकपासलाई स्पेनी गोलरक्षक उनाई सिमोनले सहजै नियन्त्रणमा लिन सक्ने अवस्था भएपनि उनले बल रोक्न सकेनन् र पोस्टमा छिरेको थियो।

३८औं मिनेटमा साराबियोले गोल गरेपछि पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो।

दोस्रो हाफको ५७औं मिनेटमा एजपिलिक्वेटाले गोल गर्दै स्पेनलाई अगाडि ल्याए। त्यसपछि ७६औं मिनेटमा टोरेसले गोल गरेपछि स्पेन ३-१ ले अघि बढ्यो।

८५औं मिनेटमा ओरसिचले गोल गर्दै क्रोएसियालाई खेलमा फर्काउने प्रयास गरे। इन्जुरी समयमा पासालिकले गोल गरेपछि ३-३ को अवस्थामा आएको खेल अतिरिक्त समयमा धकेलिएको थियो।

अतिरिक्त समयको पहिलो हाफमै स्पेनका मोराटाले १००औं तथा ओएरजाबालले १०३औं मिनेटमा गोल गरेपछि स्पेन ५-३ को जित निकाल्न सफल रह्यो।

स्पेनले अब सेमिफाइनल प्रवेशका लागि स्वीट्जरल्याण्डसँग भिड्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्