काठमाडौं : नेकपा एमालेले १०औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या बढाएको छ । शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले प्रतिनिधि संख्या १९९९ पुर्याउने निर्णय गरेको हो ।
यसअघि बिहीबार बसेको स्थायी कमिटी बैठकले १५३६ जना प्रतिनिधि महाधिवेशनमा प्रतिनिधि बनाउने निर्णय गरेको थियो । केन्द्रीय कमिटीमा नेताहरुले संख्या बढाउन माग गरेपछि प्रतिनिधि संख्या बढाइएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
त्यस्तै शुक्रबारको बैठकले आगामी कात्तिक २७ गते एकैदिन एमाले प्रतिनिधि छनोटका लागि निर्वाचन गर्ने गरी मिति तय गरेको छ । मंसिरमा हुने महाधिवेशनमा एमालेले विधुतीय मतदान मेसिन प्रयोग गर्ने जनाएको छ ।
प्रतिक्रिया