लेटेस्ट न्युज
advertisement1

मंगलबारदेखि काठमाडौंमा एस्ट्राजेनेका खोप लगाईदै, यी हुन् खोप केन्द्र

Maryada News 2021-10-26 12:29:23
मंगलबारदेखि काठमाडौंमा एस्ट्राजेनेका खोप लगाईदै, यी हुन् खोप केन्द्र

काठमाडौं : कोभिड– १९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा मंगलबार (आज)देखि काठमाडौं जिल्लामा लगाइँदैछ । काठमाडौं महानगरपालिका तथा कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन, कागेश्वरी मनोहरा, तारकेश्वर, टोखा र गोकर्णेश्वर नगरपालिका १८ वर्षमाथिकालाई दोस्रो मात्रा दिन लागिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयले काठमाडौं महानगरमा नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रिरोग अस्पताल र निजामती कर्मचारी अस्पतालबाट खोप लगाइने जानकारी दिएको छ । यी अस्पतालमा दुई दिनसम्म खोप दिइनेछ ।

बाँकी स्थानीय तहमा तीनदिनसम्म खोप लगाउन पाइनेछ । काठमाडौं महानगरको हकमा १० कात्तिक सबै वडामा खोप केन्द्र सञ्चालन हुनेछ । खोप लगाउन आउने व्यक्तिले पहिलो डोज खोप लगाएको खोप कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहित आउन पनि स्वास्थ्य कार्यालयले आह्वान गरेको छ ।
 

Norway

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्