काठमाडौं : नेपाल आयल निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धनको मूल्य बढाएको । निगमले आज मंगलबार रातिबाट लागू हुने गरी डिजेल, मट्टीतेल, पेट्रोल, खान पकाउने ग्यास र हवाई ईन्धनको मूल्य बढाएको हो ।
डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य २ रुपैयाँ बढाइएको निगमले जनाएको छ । मूल्य बढेसँगै डिजेल र मट्टीतेल प्रतिलिटर ११२ रुपैयाँ, पेट्रोल १२९ रुपैयाँ पर्ने छ । त्यस्तै निगमले आन्तरिक तर्फको हवाई ईन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएर प्रति लिटर ८४ रुपैयाँ पुर्याएको छ ।
खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँले बढेर प्रति सिलिण्डर १४२५ रुपैयाँ कायम भएको छ । निगमले मूल्य बढाएपछि पनि डिजेल, पेट्रोल, मट्टीतेल र खाना पकाउने ग्यासमा घाटा नै रहेको जनाएको छ ।
प्रतिक्रिया