काठमाडौँ : अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट देशका विभिन्न जिल्लामा गरी हालसम्म ३१ जनाले ज्यान गुमाएका छन् । मंगलबार रातिदेखि बुधबार बिहान ११ बजेसम्म गृह मन्त्रालयमा भएको रिपोर्टिङ अनुसार ३१ जनाको मृत्यु भएको हो ।
गृह मन्त्रालयबाट प्राप्त विवरणअनुसार अन्य ४३ जना बेपत्ता भएका छन् । विपद्मा परेर २२ जना घाइते भएका छन् । सम्पर्कविहीन व्यक्तिको सङ्ख्या धेरै रहेकाले मृत्यु अझै बढ्ने देखिएको छ ।
अहिलेसम्मको प्राप्त विवरणअनुसार इलाममा सात, पाँचथरमा छ, डोटीमा सात, धनकुटामा छ, सुनसुरीमा दुई, कालीकोटमा एक, डडेलधुरामा एकसहित ३१ जनाको मृत्यु भएको छ। उनले पहिरोमा परेर हुम्लामा छ, बझाङमा २३, कैलालीमा चारसहित विभिन्न जिल्लाका ४३ जना बेपत्ता भएका छन्। अहिलेसम्म विभिन्न जिल्लाबाट ७०० जनाको उद्धार गरिएको छ ।
प्रतिक्रिया