काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार (भोलि) सम्ममा मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । बुधबार (आज) बसेको माओवादी स्थायी कमिटी बैठकमा बिफ्रिङ्गका क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।
बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले बैठकमा अध्यक्षले गरेको ब्रिफिङ्गका क्रममा अध्यादेशका कारण ढिला भए पनि अब ढिला नहुने जानकारी गराएको बताए । ‘अध्यक्षले समसामयिक विषयमा रिपोर्टिङ्ग गर्नुभयो,’ प्रवक्ता महराले भने, ‘त्यस क्रममा सरकार विस्तारको विषय अध्यादेशले ढिलो भयो । अब यसलाई टुङ्ग्याएर आज वा भोलिभित्र मन्त्रिपरिषद् विस्तार हुन्छ ।’
राजनीतिक दलसम्बन्धीको अध्यादेशलाई निष्क्रिय पार्न प्रतिस्थापन विधेयक ल्याउन सकिने प्रचण्डको भनाइ थियो । प्रचण्डको भनाइलाई उद्धृत गर्दै महराले भने, ‘दल विभाजनसम्बन्धी अध्यादेशलाई निष्क्रिय बनाउन प्रतिस्थापन विधेयक ल्याउन सकिन्छ ।’
आजको बैठकले माओवादीको प्रवास कमिटीले बनाएको निर्देशिकालाई समेत अनुमोदन गरेको छ ।
प्रतिक्रिया