काठमाडौं : सन्दीप लामिछाने र करण केसीको सानदार बलिङमा ओमानले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालसामू १२२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले ३७.१ ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनायो । ओमानका लागि जिशन मक्सुदले सर्वाधिक ४१ रन बनाए । उनले ६६ बलमा २ चौका र १ छक्का प्रहार गरे । जतिन्दर सिंह १३ र नासेम खुशीले १२ रन बनाए ।
प्रतिक्रिया