लेटेस्ट न्युज
advertisement1

एमाले कैलालीको समानान्तर कमिटी नेकपा (एस) परिणत

Maryada News 2021-09-10 16:31:59
एमाले कैलालीको समानान्तर कमिटी नेकपा (एस) परिणत

धनगढी : प्रतिनिधिसभा विघटनपछि एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल समूहले कैलालीमा गठन गरेको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी) पार्टीमा परिणत भएको छ ।

शुक्रबार धनगढीमा बसेको समानान्तर कमिटीको बैठकले यसअघि संसद विघटनको विरोध गर्न गठन गरिएको समानान्तर कमिटीलाई नेकपा (एस) मा परिणत गर्ने निर्णय गरेको कमिटीका सचिव विमल जोशीले बताए । माधव समूहले कैलालीमा १ सय ५१ सदस्यीय समानान्तर कमिटी गठन गरेको थियो । 

कमिटीका अध्यक्ष एमालेका तत्कालीन जिल्ला अध्यक्षसमेत रहेका दीर्घ सोडारी बनेका थिए । सोडारीको नेतृत्वमा एमालेको नवौं महाधिवेशनबाट ९६ सदस्यीय कमिटी निर्वाचित भएको थियो । सोडारी एमालेबाट प्रदेशसभा सदस्य बन्दै भौतिक पूर्वाधार मन्त्री छन् । निर्वाचित अध्यक्ष नै नेकपा ९एस०मा लागेपछि एमालेका अधिकांश पदाधिकारीसमेत सोही पार्टीमा लागेका छन् । 

एमाले कैलालीका ९६ मध्ये ५६ जना कार्यसमिति सदस्यले नेकपा (एस) रोजेका छन् । एमाले कैलालीमा सोडारीबाहेक निर्वाचित उपाध्यक्ष, सचिव र उपसचिव भने एमालेमै रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्