काठमाडौँ : काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार सुन्दरीजलस्थित बीपी संग्रहालयमा पुगेर शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
काँग्रेसको महाधिवेशन नजिकिँदै गर्दा नेताहरुले उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । महामन्त्रीमा मात्रै एक दर्जनको हाराहारीमा आकांक्षी छन् भने त्यसमध्ये केहीले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
यसअघि नै गगन थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् भने अर्का नेता प्रदीप पौडेलले पनि उम्मेदवारी घोषणाको तयारी गरेका छन् ।
प्रतिक्रिया