काठमाडौं: अमेरिकन सहयोग मिलिनियम चाइलेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता सदनबाट अनमोदन गर्न खोजिएको भन्दै काठमाडौंमा केही दिनयता निरन्तर प्रदर्शन भइरहेको छ । सोही क्रममा बुधबार पनि विभिन्न राजनीतिक दल र समूहहरूले प्रदर्शन गरेका छन् ।
बुधबार देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा संयुक्त, नेकपा एकता केन्द्र, नेपालको लागि नेपाली लगायतका पार्टीहरुले माइतीघरमा जम्मा भएर विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले माइतीघरबाट निकालेको -याली नयाँ बानेश्वर पुगेर सभामा परिणत भएको थियो । माइतीघरमा भएको विरोध कार्यक्रममा कम्युनिस्ट नेताहरू सिपि गजुरेल र सिपी मैनालीसहितका नेताहरूको उपस्थिति थियो छ ।
प्रतिक्रिया