काठमाडौं: माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)केन्द्रीय कार्यालय मिनभवनमा हुने भएको छ । एकीकृत समाजवादी पार्टी दर्ताका बेला निर्वाचन आयोगमा निवेदन दिँदा नयाँ बानेश्वर ठेगाना दिइएको थियो ।
१० दिनपछि मिनभवनमा तीन तले भवन पार्टी केन्द्रीय कार्यालयका लागि भाडामा लिन सम्झौता प्रक्रिया अघि बढेको स्थायी कमिटी सदस्य डा।वेदुराम भुसालले जानकारी दिए । ‘पार्टी केन्द्रीय कार्यालयका लागि निजी भवन भाडामा लिने प्रक्रिया अघि बढेको छ,’ नेता भुसालले भने, ‘अहिले सरसफाइ र रंगरोगनको काम भइरहेको छ । चाँडै केन्द्रीय कार्यालय सञ्चालनमा आउने छ ।’
नेपाल नेतृत्वको एकीकृत समाजवादी गत ९ भदौमा निर्वाचन आयोगमा दर्ता भएको थियो ।
प्रतिक्रिया