काठमाडौं- जनता समाजवादी पार्टीका नेता तथा गीतकार गंगानारायण श्रेष्ठ (मानव) काे नयाँ गीत सार्वजनिक भएकाे छ।
मानवले आफ्नो ५२औं जन्मदिनको अवसर पारेर ‘सयौं भाषा, सयौं भेष’ बोलको गीत युटुव च्यानलमार्फत सांगितिक बजारमा ल्याएका हुन्।
देश प्रेमले ओतप्रोत मानवको गीतले नेपालको विविधतालाई झल्काएको छ। १२५ जात–जाति र १२३ भाषाभाषी भएको नेपाल बहुभाषी देश हो। गीतकारले यही धरातलीय यर्थाथलाई पुर्नताजगी गराएका छन्।
राजेश पायल राईको लिड भोकल रहेको यस गीतको संगीत रमेश खड्काले गरेका हुन्।
हेर्नुस्,भिडियो
प्रतिक्रिया