लेटेस्ट न्युज
advertisement1

मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोली काठमाडौंमा 

Maryada News 2021-08-30 18:52:51
मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोली काठमाडौंमा 

काठमाडौं: नेपालविरुद्ध दुई मैत्रीपूर्ण खेलको लागि भारतीय फुटबल टोली काठमाडौं आइपुगेको छ ।  नेपाल र भारतबीच यही १७ र २० भदौमा दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल हुनेछ । दुवै खेलले फिफा मान्यता पाएका छन् । सोही खेल खेल्न भारतीय टोली अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झरेको थियो । 

गत बिहीबार अल इण्डियन फुटबल फेडेरेशन (एआईएफएफ)ले २५ सदस्यीय टोली घोषणा गरेको हो । घोषित टिमको कप्तान सुनिल क्षेत्री रहेका छन् । यस्तै गोलरक्षक गुरप्रीत सिंह सन्धुसमेत नेपाल भ्रमणमा रहनेछन् । 

नेपाल भ्रमणमा रहँदा भारतीय टोली होटल सोल्टी क्राउनमा बस्ने एन्फा महासचिव इन्द्रमान तुलाधरले न्युज कारखानालाई जानकारी दिए ।  टोलीले सातदोबाटो स्थित एन्फा मैदान, दशरथ रंगशाला र आर्मी मैदानमा अभ्यास गर्ने कार्यक्रम रहेको छ । 

यता, नेपाललेसमेत भारतविरुद्ध खेलको लागि टोली घोषणा गरिसकेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा २५ सदस्यीय टोली छनोट गरेका थिए । १५ दिन पोखरामा अभ्यास गरेपछि नेपाली टोली हिजो (आइतबार) काठमाडौ फर्किएको हो । 

भारतीय टोली 

गोलरक्षक : गुरप्रीत सिंह सन्धू, धिरज सिंह मोईरङथेम, अम्रिन्दर सिंह

डिफेण्डर : राहुल भेके, आकाश मिश्रा, प्रितम कोटल, चिङलेन्साना सिंह कोन्शाम, मन्दर राव दसाई, शुभाशीश  बोस, सेरिटन फर्नाण्डेज,

मिडफिल्डर : अनिरुद्र थापा, लिष्टन कोलाको, यासिर मोहम्मद, ग्लेन मार्टिन्स, सुरेश सिंह वाङजाम, ज्याक्सन सिंह, प्रणय हाल्डर, लालेङमाविया, विपिन सिंह

स्ट्राइकर :  मनविर सिंह, रहिम अलि, सुनिल क्षेत्री, फरुख चौधरी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्