काठमाडौं : नेपालमा डाट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले चाडपर्वको अवसर पारेर ‘डाट्सन फेस्टिभ हट डिल’ योजना सार्वजनिक गरेको छ । कार खरिद गर्ने व्यक्तिहरुका लागि कम्पनीले नेपालीहरुको महान चाड दशैंको अवसर पारेर यो आकर्षक योजना ल्याएको हो ।
यस योजनामा ग्राहकले कूल २ लाख ४ हजार १५२ बराबरको विशेष सुविधा, १ लाख २५ हजार नगद छुटको साथै कार खरिद गर्ने ग्राहकलाई २७ हजार ९९९ मूल्य पर्ने रेडमी नोट १० एस प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
साथै १ वर्षको बीमा तथा सवारी कर, वारेन्टी तथा सर्भिसिङ्गको व्यवस्था पनि गरिएको जनाएको छ । ग्राहकलाई तत्काल फाइनान्स तथा एक्सचेञ्ज सुविधाको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया