लेटेस्ट न्युज
advertisement1

नेपाल बङ्गलादेश बैंकको २७ औँ वार्षिकोत्सव सम्पन्न

Maryada News 2021-06-06 17:29:59
नेपाल बङ्गलादेश बैंकको २७ औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं : नेपाल बङ्गलादेश बैंकले आफ्नो २७ औं वार्षिकोत्सव मनाएको छ । बैंकले वार्षिकोत्सवको अवसरमा सरकारलाई ६६ लाख रुपैयाँ बराबरको २५०० भायल रेम्डिसिभिर हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारलाई रेम्डिसिभिर इन्जेक्सन हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ । 

नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त बैंकले २०५१ साल जेष्ठ २३ गतेदेखि आफ्नो बैंकिङ कारोबार सुरु गरेको हो । नेपाल बङ्गलादेश बैंक विदेशी संयुक्त लगानीमा संचालित बैंक हो । बैंकमा बंगलादेशको आईएफआईसी बैंकको ४०।९० प्रतिशत लगानी छ । बैंकले हाल सातै प्रदेशमा ९९ वटा शाखा, ८ वटा एक्सटेन्सन काउन्टर तथा ८१ वटा एटिएमबाट ग्राहकहरुलाई बैंकिङ सुविधा दिँदै आएको छ ।

यस्तै बैंकले सुदुरपश्चिम प्रदेशका धनगढी उपमहानगरपालिका, महाकाली अञ्चल र टिकापुर अस्पताललाई ४ लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको पनि जनाएको छ । उक्त रकमबाट सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टिकापुर अस्पताललाई आवश्यक पर्ने अक्सिजन प्लान्ट स्थापना गर्ने, अक्सिजन सिलिण्डर तथा अक्सिजन कन्सनट्रेटर खरिद गर्ने जनाएको छ । बैंकले वार्षिकोत्सवको अवसरमा  आगामी दिनहरुमा अझ सुदृढ सेवा र सुविधा दिँदै ग्राहकको जीवनमा सहजता प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्