लेटेस्ट न्युज
advertisement1

सोमबार १० अर्ब बराबरको ट्रेजरी बिल बिक्री हुने

Maryada News 2021-04-11 21:05:16
सोमबार १० अर्ब बराबरको ट्रेजरी बिल बिक्री हुने

काठमाडौं : नेपाल राष्ट्र बैंकले रु १० अर्ब २५ करोड बराबरको  ट्रेजरी  बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना मार्फत सोमबार उक्त परिमाणको  ट्रेजरी  बिल विक्री गर्न लागिएको जनाएको छ ।  त्यसमा रु आठ अर्ब बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिको रहेको छ ।

सो बिल आगामी असार २९ गते परिपक्व हुनेछ । यस्तै रु दुई अर्ब २५ करोडकोट्रेजरी बिल भने १८२ दिनका लागि हो । सो बिल भने आगामी असोज २६ गते परिपक्व हुनेछ । बैंकले यसअघि यही चैत २३ गतेसमेत रु २१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल विक्री गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्