लेटेस्ट न्युज
advertisement1

दुग्ध उत्पादकको रकम एकमुष्ट भुक्तानी गर्न सरकारसँग कृषक समूहको माग 

Maryada News 2021-06-16 22:06:38
दुग्ध उत्पादकको रकम एकमुष्ट भुक्तानी गर्न सरकारसँग कृषक समूहको माग 

काठमाडौं : राष्ट्रिय कृषक समूह महासंघ इलामले  दुग्ध विकास संस्थानले चार महिनादेखि किसानबाट खरिद गरेको  दुग्धको मूल्य भुक्तानी नगरेको भन्दै अविलम्ब एकमुष्ठ रकम निकासाका लागि सरकारसँग माग गरेको छ । 

उत्पादित सामग्री बिक्री नभएको भन्दै किसानको दुग्धको मूल्य भुक्तानी नगर्नु दुग्ध विकास संस्थानको गैर जिम्मेवार कार्य भएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

हेर्नुहोस् विज्ञप्ति...

पछिल्लो समयमा तिब्र गतिमा फैलीएको कोरोना (कोभिड १९)भाइरसको कारण उत्पन्न संकटको अवस्थामा पनि मुलुकको कृषि क्षेत्रलाई धैर्यताका साथ सम्हालीरहनु भएका सम्पुर्ण कृषक दाजूभाई दिदी बहिनीमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौ । यतीवेला किसानहरु खेतीमा व्यस्त छन् । कृषि क्षेत्रको अवस्था सहज छैन । खेती लगाउने समयमा अहिले पनि रासयनीक मलको चरम अभाव छ, किसानले आफ्नो उत्पादन उधारोमा विक्री गरिरहनु परेको छ । चिया, दुग्ध जस्ता संबेदनशिल कृषि बस्तुहरु किसानले उधारोमा बेच्न बाध्य छन् ।

महासंघ जिल्ला कार्यसमिति इलाम र महासंघका तहगत संरचनाका अध्यक्ष ज्यूहरु सहितको मिति २०७८ असार १ को बैठकले किसानहरुले भोग्दै आएका समस्याहरुको विषयमा व्यापक छलफल गरि तीनै तहको सरकारलाई किसानका समस्याको विषयमा जानकारी गराउने र आवश्यक पहल समेत शुरु गर्ने निर्णय गरेको अवगत गराउँदै किसानले वर्तमानमा भोगिरहेका निम्न समस्याहरु तत्काल समाधान गर्न संघिय सरकार, प्रदेश सरकार र स्थानीयत तहलाई हार्दिक अपिल गर्दछौ । 

१.सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले चार महिना देखि किसानबाट खरिद गरेको  दुग्धको मुल्य भुक्तानी गर्न सकेको छैन । उत्पादीत सामग्री विक्री नभएको भन्दै किसानको दुग्धको मुल्य भुत्तानी नगर्नु गैर जिम्मेवार कार्य हो भन्ने महासंघको ठहर छ  । महासंघ दुग्ध उत्पादक कृषकको सम्र्पुण रकम एकमुष्ठ भुक्तानी गर्न सरकारसंग जोडदार माग गर्दछ । 

२. इलाम जिल्लाका कृषकहरु लामो समय देखि रासयनीक मलको चरम अभाव झेली रहेका छन् । खेतीको समयमा पनि किसानले मागेजती मलको व्यवस्था गर्न नसक्नु किसान माथी सरकारले गरेको जयादतीको अर्को कडीहो भन्ने महासंघको ठहर छ । महासंघ मल आपुर्तीलाई सहज बनाउन र मलमा भइरहको कालोबजारी, घुसखोरी र कमीसनको खेललाई रोक्न आवश्यक पहल गर्न सरकारसंग जोडदार माग गर्दछ । 

३. चियाको राजधानी भनेर चिनिएको इलामको सूर्योदय नगरपालिका सहितको क्षेत्रमा किसानले फष्ट फ्लस चियाको हरियो पत्तिको मुल्य नै निरासाजनक रुपमा प्राप्त गरेको, कारखाना र स्थानीय सरकारको समन्वयको अभावका कारण किसान मारमा परिरहेकाले हरियो पत्तिको नयूनतम समर्थन मुल्य तोक्न नेपाल सरकार सहित सम्पुर्ण सरोकारवालासंग माग गर्दछौ । 

४. कृषिलाई नेपाली अर्थतन्त्रको आधारको रुपमा मानिने नेपालमा संघिय सरकार, प्रदेश सरकार र स्थानीय तहले समेत किसानलाई छुने खाल्को कृषि ऐन नबनाएको बर्तमान अवस्थमा महासंघ तीनै तहको सरकार समक्ष तत्काल कृषकको भावना समेट्ने प्रकारको कृषि ऐन जारी गर्न माग गर्दछौ । 
५.महामारीको समयमा किसान विशेष प्याकेज घोषणा गर्न महासंघ आव्हान गर्दछ 
                        

अध्यक्ष 
विष्णु दुलाल                                       
राष्ट्रिय कृषक समुह महासंघ, इलाम

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्