लेटेस्ट न्युज
advertisement1

नेप्सेमा २९ दशमलव ०१ अंकको गिरावट

Maryada News 2021-02-09 18:49:43
नेप्सेमा २९ दशमलव ०१ अंकको गिरावट

काठमाडौं : साताको पहिलो र दोस्रो दिन उकालो लागेको सेयर बजार आज (मंगलबार) ओरालो लागेको छ । साताको तेस्रो दिन आज सेयर कारोबार मापक नेप्से परिसूचक २९ दशमलव ०१ अंकले घटेर २ हजार ५ सय ३२ दशमलव ४६ मा झरेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश समूह घटेका छन् । यस्तै 'क' वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ८९ अंकले घटेको छ । दिनभर भएका ७१ हजार १ सय १२ कम्पनीका १ करोड ५९ लाख ८५ हजार १ सय ९८ कित्ता सेयर किनबेच भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्