एजेन्सी- चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले अब नयाँ व्यवसाय प्रवेश गर्ने योजनामा रहेको बताईएको छ। अब कम्पनी स्मार्ट कारहरू बनाउने तयारीमा रहेको आईफेभल न्यूज एजेन्सीले जनाएकाे छ।
कम्पनीले लामो समयदेखि इलेक्ट्रिक कारहरू बनाउन योजना बनारहेको उक्त समाचार संस्थाले जनाएको छ। कम्पनीले २०१२ मा चिनियाँ इलेक्ट्रिक कार स्टार्टअप एक्सपेन्गमा इलेक्ट्रिक कार परियोजनाको लागि लगानी लगानी गरिसकेको छ। यसका लागि कम्पनीको आफ्नै आन्तरिक रणनीति टोली पनि छ।
रिपोर्टका अनुसार, शाओमीका वर्तमान सीईओ ली जुनले परियोजनाको नेतृत्व गर्ने बताइएको छ । केही दिन पहिले, हाइकार र बेइसीबीचमा विद्युतीय कारहरू बनाउन साझेदारी गरेको छन्।
प्रतिवेदनका अनुसार कम्पनीले स्मार्ट कारहरूमा पनि फोकस गरिरहेको छ किनभने स्मार्टफोनको क्षेत्रमा केही समय नयाँ उत्पादनहरु रोकिन्छन । आगामी दिनमा इलेक्ट्रिक कारहरु बढ्दो लोकप्रिय हुन गइरहेका छन् र माग पनि निरन्तर बढिरहेको छ । शायोमीका सीईओ ली जुन २०१३ मा दुई पटक अमेरिका गएका थिए । जुन टेस्लाका सीईओ एलोन मस्कलाई भेटेका थिए।
प्रतिक्रिया