लेटेस्ट न्युज
advertisement1

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि २२ घण्टे अल्टिमेटम

Maryada News 2021-08-11 20:46:04
लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि २२ घण्टे अल्टिमेटम

रुपन्देही : लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । अल्पमतमा परेका मुख्यमन्त्री शङ्कर पोखरेलले आज बुधवार दिउँसो राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले २२ घण्टाको समय दिएर बहुमत सहित सरकारको दाबी गर्न आह्वान गरेका छन् । 

अब भोलि बिहीवार दिउँसो ३ बजेसम्म दलहरूले बहुमत सांसदको हस्ताक्षरसहित नयाँ सरकारको दाबी गर्नेछन् । लुम्बिनीमा कांग्रेस,माओवादी, जनमोर्चा र जसपाको बहुमत रहेको छ । शङ्कर पोखरेलको राजीनामासँगै विपक्षी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने निश्चितजस्तै भएको छ ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा अहिले ८० सदस्य छन् । प्रदेश सभा सदस्य सन्तोष पाण्डेय, कल्पना पाण्डेय र विजय यादवलाई जसपाले गरेको कारबाही सर्वोच्चले सदर गरीदिएपछि प्रदेश सभा ८० सदस्यीय बनेको हो । तीमध्ये सभामुखसहित विपक्षी गठबन्धनमा ४२ र एमालेमा ३८ जना छन् ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्