लेटेस्ट न्युज
advertisement1

अमेरिका फेरि पेरिस जलवायु सम्झौतामा सहभागी हुने

Maryada News 2021-02-20 21:04:10
अमेरिका  फेरि पेरिस जलवायु सम्झौतामा सहभागी हुने

एजेन्सी- अमेरिका फेरि पेरिस जलवायु सम्झौतामा सहभागी हुने भएको छ। जो बाइडेन राष्ट्रपति बनेसँगै अमेरिकाले पेरिस जलवायु सम्झौतामा सहभागी हुने निर्णय गरेको हो । राष्ट्रपति बाइडेनका विशेष दूत जोन केरीले जलवायु परिवर्तनका विषयमा पेरिस सम्झौतामा अमेरिका सहभागी हुने निर्णय भएको जानकारी दिएका छन्।

उनले अमेरिका विनम्रता र एक उद्देश्यको साथ फेरि पेरिस जलवायु सम्झौतामा सहभागी भएको बताए। अमेरिकाले यो सम्झौतामार्फत आगामी तीन दशकमा कार्बन उत्सर्जनमा ठूलो कटौती गर्ने योजना बनाएको छ। 

वैज्ञानिक तथा अन्तर्राष्ट्रिय समुदायले बाइडन प्रशासनले गरेको यो निर्णयलाई स्वागत गरेका छन्। बाइडेनले राष्ट्रपतिको पदभार ग्रहण गरेपछि पहिलो दिन यससम्बन्धमा निर्णय लिने घोषणा गरेका थिए। सन् २०१५ मा तयार गरिएको यस सम्झौतामा करिब २ सय देशहरुले हस्ताक्षर गरेका छन्।

यस सम्झौतामा सहभागी भएर फेरि अलग हुने अमेरिका मात्र एक मुलुक हो। निर्वतमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिस सम्झौताबाट अमेरिका अलग भएको घोषणा गरेका थिए। उनले सम्झौताका कारण अमेरिकाले ठूलो मूल्य चुकाउनु परेको दावी गरेका थिए। 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्