काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन भए आन्दोलन गर्ने चेतावनी दिएका छन्।
शनिबार विराटनगरमा आयोजित आफू निकट जनप्रदर्शनलाई सम्बोधन गर्दै ओलीले कसैको सेटिङमा अदालतले संसद पुनर्स्थापना गरिदिए सशक्त आन्दोलन गर्ने बताएका हुन्।
उनले भने, ‘कुनै सेटिङ-फेटिङ' भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन।’
प्रधानमन्त्री ओलीले वैशाखकाे १७ र २७ गते गरी दुइ चरणमा ताेकिएकाे चुनाव जसरी पनि हुने दोहोर्याएका छन् ।
प्रतिक्रिया