काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहिबारका लागि बस्ने भनिएको बैठक बस्ने स्थगित भएको हो ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले गृहकार्य गर्नुपर्ने भएकोले केही दिनका लागि स्थायी कमिटी बैठक स्थगित गरिएको जानकारी दिए।
संसद पुनस्र्थापनापछि बुधबार बसेको ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्चले गरेको प्रतिनिधि सभा पुनस्र्थापनालाई स्वागत गर्ने, केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको थियो।
साथै अब कसरी अघि वढ्ने बिषयमा छलफल भएको थियो।
प्रतिक्रिया