लेटेस्ट न्युज
advertisement1

एमाले महाधिवेशन : चैतसम्म सदस्यता लिएकाहरु मात्र प्रतिनिधि 

Maryada News 2021-11-09 15:09:19
एमाले महाधिवेशन : चैतसम्म सदस्यता लिएकाहरु मात्र प्रतिनिधि 

काठमाडौँ : नेकपा (एमाले)को आसन्न दसौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि २०७७ चैतसम्म पार्टी सदस्यता लिएका संगठित सदस्यमात्र सहभागी हुने भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन–१४ मा २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएका संगठति सदस्यले मात्र महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था गरिएको छ ।

ती प्रतिनिधिले महाधिवेशनमा मतदान गर्न पाउनेछन् । चैतसम्ममा सात लाख ३८ हजार पार्टी संगठित सदस्य रहेको एमालेले जनाएको छ ।

अहिले नौ लाख सङ्गठित सदस्य पुगेका छन् । महाधिवेशनमा एक हजार ९९९ जना प्रतिनिधि सहभागी हुनेछन् ।

एमालेले महाधिवेशनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गत एक हजार २०० पार्टी सदस्यबाट कम्तीमा एक महिलासहित तीन जनाका दरले प्रतिनिधि, त्यसपछि ८०० सम्मले थप एक/एक जना प्रतिनिधि निर्वाचित गर्नेछ । जनवर्गीय सङ्गठनबाट पाँच जनाका दरले महाधिवेशन प्रतिनिधि हुनेछन् ।

एमालेले यही कात्तिक २७ गते देशभर एकैसाथ प्रतिनिधि चयन गर्दै छ । प्रतिनिधि चयन गरिसकेपछि कात्तिक ३० गतेसम्म केन्द्रीय संगठन विभागमा पठाउन निर्देशन दिइएको छ ।

एमाले महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने भएको छ । महाधिवेशनका लागि रामबहादुर थापाको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्