लेटेस्ट न्युज
advertisement1

शेरबहादुरका दम्पत्ती ओली समूहमै फर्किए

Maryada News 2021-02-20 13:59:50
शेरबहादुरका दम्पत्ती ओली समूहमै फर्किए

काठमाडौ-विघटित प्रतिनिधिसभा सदस्य एवं पूर्व मन्त्री शेरबहादुर तामाङ दम्पत्ती पुनः ओली समूहको नेपकपामा फर्किएका छन्।

पार्टी केन्द्रीय सदस्यसमेत रहेका तामाङ र उनकी श्रीमती प्रदेश १ को प्रदेशसभा सदस्य उषाकला राईले प्रचण्ड–माधव समूह परित्याग गरेका हुन्।

पार्टी विभाजनलगत्तै एक दिन ओली पक्षको संसदीय दलको बैठकमा सहभागी भएर प्रचण्ड माधव पक्षमा गएका थिए।

तर माओवादी नेतृत्व स्वीकार गर्न नसकेर ओली समूहमा फर्किएको तामाङले बताएका छन्। ‘स्पष्ट भन्दा माओवादी नेतृत्वको दृष्टिकोण स्वीकार गर्न गाह्रो भो, प्रचण्डलाई नेता मान्न सकिएन, तामाङले भने, अब हामी संस्थापन नेकपामै फर्किएका छौं।’ 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्