काठमाडाैं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदनमा यातायात व्यवस्था विभागले कोटा प्रणाली हटाएको छ । विभागले दैनिक जति पनि संख्यामा सेवाग्राहीले आवेदन दिनसक्ने गरी प्रणाली व्यवस्थापन गरेको बताएको छ ।
यसअघि दैनिक ४ देखि ५ हजारले मात्रै लाइसेन्सको आवेदन दिन पाउँथे । लाइसेन्स वितरण गर्ने कार्यालयहरुले आफ्नो क्षमताअनुसार कोटा तोक्ने र त्यसैअनुसार अनलाइन फारम भर्न मिल्ने व्यवस्था गरेका थिए ।
यस्तै अनलाइन फारम भर्न एकैपटक हजारौं सेवाग्राहीले यातायात व्यवस्था विभागको वेबसाइट खोल्दा साइट क्र्यास हुने समस्या देखिएको थियो ।
प्रणालीमै सुधार गरिएकाले अब सेवाग्राहीलाई त्यस्तो समस्या नहुने विभागको दाबी छ ।
प्रतिक्रिया