लेटेस्ट न्युज
advertisement1

सेनाका सिपाहीले गरे गोली हानी आत्महत्या

Maryada News 2021-07-14 10:48:09
सेनाका सिपाहीले गरे गोली हानी आत्महत्या

महोत्तरीः सदरमुकाम जलेश्वर नगरपालिका–९ प्रकौलीमा अवस्थित नेपाली सेनाको रणभीम गण (ब्यारेक)मा आज बिहान नेपाली सेनाका एक सिपालीले आफैँलाई गोली हानी आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–५ घर भएका सोमबहादुर तामाङका छोरा २३ वर्षीय सिपाही अम्बिर तामाङले आज बिहान करिब ६ः०० बजे आफैँलाई गोली हानी आत्महत्या गरेका हुन्।

रणभीम गण प्रकौली (ख) गुल्म दरबन्दी रही सोही ब्यारेकको अतिथिगृहसँगै रहेको कोतमा आज बिहान ३ः०० देखि ६ः०० बजेको ड्युटी बसिरहेका कम्प्युटर कोड नं २८८८६१ भएका सिपाही अम्बिरले सँगै ड्युटी बसेका अर्का एक सिपाही करिब ५ः०० आफ्नो ड्युटी सकेर हतियार बुझाउन गएपछि आफू एक्लै भएको अवस्थामा करिब बिहान सवा ५ बजेतिर आफैँले बोकेको ५.५ मिनी इन्सास हतियारबाट आफ्नै बाँया कन्चटमा गोली हानी आत्महत्या गरेका हुन्।

सिपाही तामाङले के–कति कारणले आफैँलाई गोली हाने भन्नेबारे अहिलेसम्म केही खुलेको छैन। उनको मृत शरीर सोही स्थानमा सुरक्षित राखी थप अनुसन्धान तथा सर्जमिन मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिगएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्