लेटेस्ट न्युज
advertisement1

कोरोनाविरुद्धको खोप ल्याउन निगमको जहाज चीन जाँदै

Maryada News 2021-07-08 17:08:10
कोरोनाविरुद्धको खोप ल्याउन निगमको जहाज चीन जाँदै

काठमाडौं : कोरोनाविरुद्धको खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज चीन जाँदै छ । ‘भेरोसेल’ खोप ल्याउन निगमको बाइडबडी ए–३३० जहाज बेइजिङ जान लागेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार साँझ चीन प्रस्थान गर्ने जहाजले शुक्रबार भेरोसेल खोप काठमाडौं ल्याइपुर्‍याउने छ। बिहीबारदेखि यहि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै असार ३१ तथा साउन ७ गते पुनः खोप ल्याउन चिन जाने तयारी छ । तर कति परिणाममा खोप आउँछ भन्ने अझै एकिन नभएको बताइएको छ । पहिलो खेप ल्याइसकेपछि मात्र नेपाल आएको खोपको मात्रा एकिन हुने छ । खोप नेपाल आइसकेपछि ६० वर्ष मुनि उमेर समूहका मानिसलाई प्राथमिकताका आधारमा लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ । चीनको सिनोफार्म कम्पनीबाट सरकारले भेरोसेल खोप खरिद गर्न लागेको हो । सरकारले सरकार–सरकार (जिटुजी)मार्फत चीनबाट खोप खरिद सम्झौता गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्